राष्ट्रपति निर्वाचन : यस्ता छन् दुई मतपत्र

काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि मंगलबार हुँदैछ । नेपालको तेस्रो तथा नयाँ संविधान अनुभार भएको चुनावपछिको पहिलो राष्ट्रपति चयनका नयाँ बानेश्वरमा मतदान हुन लागेको हो ।

संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद लक्ष्मी राई प्रतिस्पर्धामा छन् ।

राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता कायम गरिएको छ ।

संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

कूल ५२ हजार ५०० मतभार कायम रहेको यो निर्वाचनमा २६ हजार २५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुने कानुनी व्यवस्था रहेको छ ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्