राष्ट्रपति निर्वाचन : भोट हाल्न ओली, प्रचण्ड, देउवा र सिलवाल

प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा भोट हाल्नका लागि प्रदेशसभा सदस्य तथा संघीय संसदका सदस्य पुगेका छन् । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद लक्ष्मी राई प्रतिस्पर्धामा छन् ।

बिहान १० बजेपछि सुरु भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, आइजिपी प्रकणमा विवादित बनेका प्रतिनिधिसभा सदस्य नवराज सिलवालसहितका नेताले भोट हाली सकेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता कायम गरिएको छ ।

संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्