राष्ट्रपति निर्वाचनमा मतदानपछि प्रधानमन्त्रीले भने, एकदुई दिनमै सरकारलाई पूर्णता

प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठामाडौँ- काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद परिसरमा भइरहेको राष्ट्रपति निर्वाचनमा मतदानपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त व्यक्तिलाई मतदान गर्ने अवसर प्राप्त भएको बताएका छन्।

मंगलबारको मतदानमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एकदुई दिनमै पूर्णता पाउनेसमेत बताए।

राष्ट्रपति निर्वाचनमा अहिले संघीय संसदमा देशभरिका प्रतिनिधिहरु मतदानमा व्यस्त छन्।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्