पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौँ- युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ को ज्यान गएको सोमबारको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दु:ख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामनासाथ शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

पूर्वराजाका निजी सचिव फणि पाठकका अनुसार पूर्वराजा शाहले विभिन्न अस्पतालमा उपचारमा भर्ना भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ यात्रुले ज्यान गुमाएका थिए भने २२ जना उपचार गराइरहेका छन्।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्