न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

काठमाडौँ- न्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको मानहानि गरेको भन्दै अधिवक्ता सन्तोष भण्डारीले उनीबिरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर गर्न खोजे पनि अदालत प्रशासनले पेण्डिङमा राखिदिएको छ।

सर्वोच्च अदालतले सोमबार आफूसहित सात जना न्यायाधीशको वृहत इजलासमा बस्न अस्वीकार गर्दै न्यायाधीश चोलेन्द्रशमशेरले  वक्तव्य जारी गरेका थिए। वक्तव्यमा उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको पद गत साउन २१ मै सकिएकाले उनी अब न्यायाधीश नरहेको र उनले तोकेको इजलासमा आफू नबस्ने जानकारी वक्तव्यमार्फत गराएका थिए।

अधिवक्ता भण्डारीले मंगलबार न्यायाधीश चोलेन्द्रशमशेरले इजलासमा बस्न अस्वीकार गरेर अदालतको मानहानि गरेको जिकिर गर्दै अवहेलना मुद्दा दायर गर्न प्रयास गरेका थिए। अदालत प्रशासनले भने मुद्दा दर्ता गर्न अस्वीकार गर्दै पेण्डिङमा राखिदिएको छ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू