४१ बंगलादेशी आफन्तहरु प्रियजनको शव लिन नेपाल आइपुगे

शोकसन्तप्त आफन्तलाई सान्त्वना दिन टिचिङ अस्पताल पुगेकी प्रदेश ३ की प्रमुख अनुराधा कोइराला। तस्बिर: बर्षा शाह

काठमाडौँ- युएस बांग्ला एयरलाइन्सको विमान सोमबार दुर्घटनामा पर्दा ज्यान गुमाएका बंगलादेशी आफन्तको शव लिन बंगलादेशबाट ४१ जना बंगलादेशीहरु काठमाडौँ आइपुगेका छन्।

उनीहरु मंगलबार दिउँसो टिचिङ अस्पताल पुगेका छन्। विमान दुर्घटनामा २१ बंगलादेशी नागरिकको ज्यान गएको थियो।

मंगलबार दिउँसो टिचिङ अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आफन्तहरुलाई दिने प्रक्रिया हुँदै छ।

 

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्