१३ सदस्यीय बंगलादेशी मन्त्रीसहितको टोली काठमाडौंमा

काठमाडौं- ढाकाबाट आएको युएस बंग्लाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगलागीले ध्वस्त भएपछि १३ सदस्यीय बंगलादेशी मन्त्रीसहितको टोली काठमाडौंमा आएका छन्।

बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र राज्यमन्त्री, बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरीर अलाम सहित १३ सदस्यीय टोली काठमाडौं आइपुगेका हुन।

यस्तै युएस बांग्ला एयरलाइन्सको विमान सोमबार दुर्घटनामा पर्दा ज्यान गुमाएका बंगलादेशी आफन्तको शव लिन बंगलादेशबाट ४१ जना बंगलादेशीहरु काठमाडौँ आइपुगेका छन्।

युएस बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाले ज्‍यान गुमाइसकेका छन् भने २१ जना घाइते छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

ज्यान गुमाएका ४९ जनाको सनाखतका लागि शव काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

शिक्षण अस्पतालमा डिएनए परीक्षणसहितका प्रक्रिया पूरा गरेर आफन्तलाई शव बुझाउने प्रक्रिया हुनेछ। अस्पतालमा शव बुझ्नका लागि आफन्तको भिड लागेको छ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्