विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको ठेगाना पहिचान (सूचीसहित)

तस्बिर: बर्षा शाह

काठमाडौं- युएस बांग्ला एयरलाइन्सको विमान सोमबार दुर्घटनामा परी ज्यान गुमाएकाहरु ठेगाना पहिचान भएको छ।

काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा राखिएको शव बुझ्‍न आएको आफन्तले दिएको जाहेरीका आधारमा मृतकको ठेगाना पहिचान भएको हो।

मृतकहरुमध्‍ये १२ जना बंगला देशमा एमबीबीएस पढ्‍ने विद्यार्थीहरु रहेका छन् भने दुई जना कतारबाट बंगलादेश हुँदै नेपाल फर्किदै गरेका कामदार र बाँकी बंगलादेशमा विभिन्‍न तालिम तथा कार्यक्रममा भाग लिएर फर्किएकाहरु रहेका छन्।

शिक्षण अस्पतालमा डिएनए परीक्षणसहितका प्रक्रिया पूरा गरेर आफन्तलाई शव बुझाउने प्रक्रिया हुनेछ। अस्पतालमा शव बुझ्नका लागि आफन्तको भिड लागेको छ।

मृतकहरुको ठेगाना यस प्रकार छ।

१. महोत्तरी मनरा सिश्‍वा ४ का २३ वर्षीया श्रेया झा

२. सिन्धुली बेलघारी गाउँपालिका घर भइ हाल धुम्बाराही बस्‍ने २४ वर्षीया चारु बराल।

३. नुवाकोट विदुर नगरपालिका ८ बस्‍ने २४ वर्षीया श्‍वेता थापा

४. कास्की माछापुच्छ्रे गाउँपालिका ९ की २५ वर्षीय सञ्‍जय पौडेल

५. लम्जुङ बेशीशहर नगरपालिका १ की २२ वर्षीया पूर्णिमा लोहनी

६. सिन्धुली गोलाजोर गाउँपालिका ६ की २५ वर्षीया एल्जिना बराल

७. ललितपुर महानगरपालिका १२ की २४ वर्षीया आसना शाक्‍य

८.चितवन भरतपुर महानगरपालिका ६५ वर्षीया ज्ञानी कुमारी गुरुङ

९. ललितपुर महानगरपालिका ८ बस्‍ने २४ वर्षीया निगा महर्जन

१०. चन्द्रागिरी नगरपालिकाकी २४ वर्षीया एन्जिला श्रेष्ठ

११. काठमाडौं महानगरपालिका ९ बस्‍ने३२ वर्षीया सजना देवकोटा

१२. बैतडी डिलासैनी नगरपालिका ५ को ४२ वर्षीय शोबिन्द्र सिंह बोहरा

१३. तनहु  व्‍यास नगरपालिका  ४२  वर्षीय हरिशंकर पौडेल

१४. सर्लाही  कविलासी नगरपालिका ३ बस्‍ने २३ वर्षीय अवधेश कुमार यादव

१५. काभ्रे- ३ कुशादेवी गाउँपालिका हाल पनौति बस्‍ने डा. बालकृष्ण थापा

१६. काठमाडौ टोखा नगरपालिका ५ बस्‍ने २८ वर्षीय प्रशन्‍न पाण्डे

१७. काठमाडद् महानगरपालिका १५ बस्‍ने ३८ वर्षीय प्रविन चित्रकार

१८. झापा कनकाइ नगपालिका बस्‍ने ४५ वर्षीया शीला  बजगाई

१९. ललितपुर महानगरपालिका महालक्ष्मी  ८ बस्‍ने २२ वर्षीया लिलि महर्जन

२० ललितपुर महानगरपालिका महालक्ष्मी  ८ बस्‍ने २५ वर्षीय सञ्‍जय महर्जन

२१. बाराका  कृष्णकुमार सहनी र

२२. ललितपुर लुभुका २४ वर्षीय २४ वर्षीया सरुना श्रेष्ठ

 

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्