ला लिगाको पेजमा नेपाली झण्डा, विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं – नेपालमा सोमबार भएको विमान दुर्घटनापछि धेरैले दुःख तथा समवेदना व्यक्त गरेका छन् । देश विदेशबाट विभिन्न पक्षले मृतकलाई श्रद्धाञ्जली तथा आफन्तलाई समवेदना प्रकट गर्ने क्रम चलिरहेकै छ ।

यस्तै स्पेनिस फुटबल लिग ला लिगाले सोमाबार काठमाडौंको विमानस्थलमा युएस बंगलाको विमान दुर्घटनाका प्रभावित सबैको साथ आफू रहेको उल्लेख गरेको छ ।

ला लिगाले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालको झण्डा राखेर विमान दुर्घटनाका सबै प्रभावितमा आफ्नो भावनात्मक साथ रहेको उल्लेख गरेको हो ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्