बारको निर्णयमा तीन सदस्यको विरोध

काठमाडौं- नेपाल बार एशोसियसनका तीनजना सदस्यले बारले सोमबार गरेको निर्णयको विरोध गरेका छन्।

बारले सोमबार न्यायाशी चालेन्द्र शम्शेर जबराले गरेको इजलाश बहिस्कारको घटनालाई न्याय मुर्तिको आचारसंहिता विपरित र अदालतमाथिको प्रहार भएको बताएको थियो।

राणाले जारी गरेको वक्तव्यले गलत प्रक्रिया र पद्दतिको सुरुवात हुने भन्दै नेपाल बारले भत्र्सना गरेको विषयलाई बारकै तीनजना सदस्यले मंगलबार विरोध गरेका हुन्।

उपाध्यक्ष उषा मल्ल पाठक कृष्णकुमार आङदाङवे र विष्णुमाया भुसालले विज्ञप्ति जारी गर्दै बारको औपचारिक धारणाप्रति असहमति प्रकट गरेका हुन्।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्