निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

काठमाडौँ- सर्वोच्च अदालत बार एसोसिएसनले निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना कुनै पनि परिस्थितिमा गर्न नमिल्‍ने बताएको छ।

बारले प्रेसको व्‍यावसायिक मर्यादा र आचार संहिताको सीमा भित्र रही तथ्‍यमूलक समाचारहरुको मात्र सम्‍प्रेषण गर्न सञ्‍चार माध्‍यमहरुलाई आग्रह गरेको छ।

कान्तिपुर प्रकाशन र प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीबीच विवादलाई लक्षित गर्दै प्रेश स्वतन्त्रताका बारे सर्वोच्च बारले टिप्पणी गरेको हो।

बारले प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सम्बन्धी विवाद कानुनी प्रश्‍न नभएर नैतिक प्रश्‍न भएको बताएको छ।

५ जना न्यायाधीशको इजलास अवज्ञा प्रकरण पछि सर्वोच्च बारले जारी गरको बिज्ञप्तिमा भनेको छ, ‘सम्‍मानीय प्रधानन्‍यायाधीश गोपाल पराजुली ज्‍यूको उमेरसम्बन्धी विवादका सम्बन्धमा उठेका केही प्रश्‍न, टिकाटीप्पणीले विवाद सिर्जना गरेको परिस्थितिमा स्वतन्त्र न्‍यायपालिकाको गरिमा, स्वतन्त्रता, निष्पक्षता एवं विश्‍वसनीयता कायम गर्न तथा न्‍यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिका लागि सम्माननीय प्रधानन्‍यायाधीशज्‍यूले न्याय सम्पादन न्‍यायिक प्रशासन लगायतका कार्यहरुबाट कुनै पनि तरिकाले आफूलाई अलग राखी स्वतन्त्र न्‍यायपालिकाको गरिमा बढाउन मार्ग प्रशस्त गर्न अनुरोध गर्दछौ।’

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमसेर राणाले सोमबार प्रधानन्यायाधीशको उमेर सम्बन्धमा जारी गरेको वक्तव्यलाई न्‍यायिक सिद्धान्त प्रक्रिया ,न्‍यायिक परम्परा विपरीत भएको बताएको छ।

यो पनि पढ्नुहोस्

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू