राष्ट्रपति भण्डारीको शपथ बुधबार ४ बजे

काठमाडौं- राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित विद्यादेवी भण्डारीको शपथग्रहण बुधबार ४ बने शीतलनिवासमा हुने भएको छ।

उनलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले शपथ खुवाउने भएका हुन्।

वाम गठबन्धनका तर्फबाट आगामी पाँच वर्षका लागि उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति भण्डारीले कुमारी लक्ष्मी राई भन्दा तेब्बर बढी मतले निर्वाचित भएकी थिइन्।

भण्डारीले ३९ हजार २ सय ७५ र राईले ११ हजार ७ सय ३० मत पाएकी थिइन्।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू