फ्लोरिडा गोलीकाण्ड : आक्रमणकारी क्रुजलाई मृत्युदण्ड दिन माग

आक्रमणकारी निकोलास क्रुज, उनले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको ज्यान गएको थियो ।

अमेरिकाको फ्लोरिडाको एक विद्यालयमा गएको फेब्रुअरीमा १७ जनाको ज्यान लिने गरी अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्डाको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ ।

न्यायीक अधिकारीले फ्रोरिडाको एक हाइस्कुलमा अन्धाधुन्ध गोली चलाउने १९ वर्षे निकोलास क्रुजलाई मृत्युदण्ड दिनु पर्ने माग गर्दै मंगलबार मुद्दा दायर गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

क्रुजले प्रहरी समक्ष आफ््नो अपराध स्वीकार गरिसकेका छन् । उनले आफूले विद्यालयमा प्रवेश गरेर विद्यार्थीलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएको र त्यसपछि हतियार छोडेर भागेको बताएका छन् ।

संघीय जाँच आयोग एफबिआईले क्रुजका बारेमा आफूहरुले एक वर्षअघि नै सूचना पाए पनि प्रभावकारी सावधानी अपनाउन नसक्दा घटना भएको स्वीकार गरिसकेको छ ।

न्यायीक अधिकारीले मंगलबार दर्ता गरेको मुद्दामा अपराध जघन्य र निर्दयी रहेकाले क्रुजलाई मृत्युदण्ड दिनु पर्ने माग गरिएको छ ।

फ्लोरिडामाअन्धाधुन्ध गोली चलाउने क्रुज विद्यालयका पूर्व विद्यार्थी हुन् । उनलाई विद्यालयले निष्काशन गरेको थियो । उनले आफ्नो साथमा एक भन्दा धेरै मेसिनगन ल्याएको र अन्धाधुन्ध गोली चलाएको सरकारी अधिकारीले बताएका थिए ।

क्रुजले विद्यालय भित्र गोली चलाउन पूर्व बाहिरी क्षेत्रमा पनि गोली चलाएका थिए । यो सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा केन्टुकीमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो ।

यो घटनापछि भएको विरोध प्रदर्शन र दबाबका कारण फ्लोरिडामा बन्दुक सम्बन्धी कानुन कडा पारिएको छ ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्