एनीको बिलौना–छोरी ल्याइदेउ, श्रीमानसम्म पुर्‍याइदेउ

एनीको बिलौना–छोरी ल्याइदेउ, श्रीमानसम्म पुर्‍याइदेउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमाबार दिउँसो भएको विमान दुर्घटनामा बाँच्न सफल हुने मध्ये एक हुन्, बंगलादेशकी एनी ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार ४९ जनाको ज्यान गएको युएस बंगलाको विमान दुर्घटनामा बाँच्ने २२ जनामा एक हुन् २२ वर्षे एनी ।

तर उनले दुर्घटनामा श्रीमान र छोरी गुमाइन् । अहिले सिनामंगलको काठमाडौं मेडिकल कलेजमा उपचाररत उनको ध्यान मन भने छुटेर गएका श्रीमान र छोरी तिर छ ।