प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

+
-

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतमा बुधबार हुने विभिन्न मुद्दाको सुनुवाईका लागि इजलास तोकेका छन् । तर उनले न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुनै पनि मुद्दाको सुनुवाईका लागि पेशी दिएका छैनन् । न्यायाधीश जबरालाई मंगलबार पनि कुनै इजलासमा राखिएको थिएन ।

पराजुलीले मंगलबार इजलास नहेरेका आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधान, दीपककुमार जोशी र विश्वम्भरप्रसाद श्रेष्ठ तथा हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको गरी दुई दुईजनाको इजलास तोकेका हुन् ।

विश्वम्भर श्रेष्ठले आइतबार इजलासमा जान अस्वीकार गरेकाले मुद्दा नहेरेका अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलास गठन गरिएको छ । दीपकराज जोशी पूर्व निर्धारित कार्यक्रममा गएकाले राउत पनि हिजो इजलासमा बसेका थिएनन्। आज जोशी र श्रेष्ठको सयुक्त इजलास गठन गरिएको छ ।

अन्य इजलास ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारी, शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठ, मिरा खड्का र तेज बहादुर केसी, केदारप्रसाद चालिसे र टंकबहादुर मोक्तान, दीपक कुमार कार्की र डम्बरबहादुर शाही बीच गठन गरिएको छ ।

प्रधानन्यायाधीश पराजुलीले आफ्नो एकल इजलास गठन गरेका छन् ।

बुधबार पनि इजलासमा नपरेका न्यायाधीश जबराले सोमबार अदालतको मानहानी सम्बन्धी कान्तिपुर र डा. गोविन्द केसीको मुद्दाको सुनुवाई सुरु नहुँदै वक्तब्य जारि गर्दै आफू इजलासमा नबस्ने बताएका थिए।

नागरिकतामा भएको जन्ममिति अनुसार प्रधानन्यायाधीशको समयावधि गएको साउनमा नै सकिएकाले आफू उनले तोकेको इजलासमा नबस्ने भन्दै जबराले सुनुवाई बहिष्कार गरेका थिए ।

न्यायाधीश जबरा कान्तिपुर तथा डा. केसी सम्बन्धी मुद्दामा सर्वोच्चले तोकेको सातजनाको वृहत इजलासमा थिए । तर उनले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नमान्ने भन्दै सुनुवाई बहिष्कार गरेका थिए। सोमबारको घटना पनि मंगलबार सर्वोच्च अदालतमा पेसी तोकिएका १९ न्यायाधीशमध्ये ११ न्यायाधीशले मुद्दाको सुनुवाइ गर्दा ३ जनाले कारण देखाउँदै इजलासमा बस्न नसकेको जानकारी दिए भने ५ जना न्यायाधीश कुनै कारण नदेखाई इजलासमा गएनन्।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश पराजुली पदमुक्त

प्रधानन्यायाधीश पराजुली पदमुक्त

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष