सर्वोच्च अदालत दुई फ्याक, पाँच न्यायाधीशद्वारा आज पनि इजलास ‘बहिष्कार’

काठमाडौँ- प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश पाउन डेढ महिनामात्र बाँकी रहँदा सर्वोच्च अदालतका २० न्यायाधीशहरु दुई गुटमा देखिने गरी बाँडिएका छन्।

चोलेन्द्रशमशेर जबराले हेर्दाहेर्दैको इजलास बहिष्कार गरेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु देखिने गरी नै दुई फ्याक बनेका हुन्।

बुधबार पनि प्रधान न्यायाधीश गोपाल पराजुलीले ताेकेको इजलासमा डा. आनन्दमो

हन भट्टराई, सपना प्रधान, ईश्वर खतिवडा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, दीपकराज जोशी, प्रकाशसिंह राउत र अनिलकुमार सिन्हा गएनन्। भट्टराई र प्रधानलाई एउटा इजलास तोकिएको थियो भने खतिवडा र कार्कीको अर्को इजलास थियो। त्यस्तै, विश्वम्भरप्रसाद श्रेष्ठ र जोशीको अर्को इजलास थियो। राउत र सिन्हालाई एउटा इजलास तोकिएको थियो। जोशीसँगै इजलास तोकिएका विश्वम्भरप्रसाद प्रधानन्यायाधीश पराजुलीको विपक्षमा रहेकाले जोशी इजलास नगएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।

त्यस्तै, राउत र सिन्हा पनि देखिने गरी पराजुलीको विपक्षमा नरहेको सर्वोच्च स्रोतले बताएको छ। जोशी, राउत र सिन्हा तटस्थ देखिए पनि भट्टराई, प्रधान, खतिवडा, कार्की र श्रेष्ठले प्रधान न्यायाधीशबिरुद्ध चोलेन्द्रशमशेर जबरालाई साथ दिएको सर्वोच्च स्रोत बताउँछ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्