राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुँदै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा । तस्बिर-रासस

काठमाडौं- दोस्रो कार्यकालमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथ गोपनीयताको सपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा भुपेन्द्रप्रसाद अर्यालले भण्डारी निर्वाचित भएको पत्र पढेर सुनाएका थिए भने बधाईसमेत दिए।

सपथ कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरु,प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित थिए।

भण्डारीले प्रधानन्यायाधीशगणतन्त्र घोषणापछि दोस्रो राष्ट्रपति भण्डारीले दोस्रो कार्याकाल सम्हाल्ने अवसर प्राप्त गरेकी हुन्। भण्डारीले राष्ट्रपतिको पहिलो कार्यभार सम्हाल्दाको माहोल भन्दा भिन्‍न देखिएको थियो। पहिलेभन्दा पनि अझ बढी कूटनीतिक निकायका प्रतिनिधिहरु सपथ कार्यक्रममा उपस्थित थिए।

राष्ट्रपति भण्डारी पनि निकै प्रशन्‍न मुन्द्रामा देखिएकी थिइन्। उता शपथलगत्तै बुधबारदेखि नै लागू हुने गरी प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त भएको जानकारीसमेत गराएको छ।

यो पनि पढ्नुहोस्

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू