पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुँदै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा । तस्बिर-रासस

काठमाडौँ- न्याय परिषद् सचिवालयले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको पत्रलाई आधार बनाउँदै प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको पत्र लेखेकै दिन पराजुलीले नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीलाई खुवाएको शपथ विवादमा परेको छ।

न्याय परिषद् सचिवालयका सचिव नृपध्वज निरौलाले प्रधान न्यायाधीश पराजुलीलाई पदमुक्त भएको भन्दै पत्र लेखेको केहीबेरमै राष्ट्रपति भण्डारीको शपथ उनीबाटै गराउनुले दुई उच्च निकायबीच समन्वय र सञ्चार नभएको स्पष्ट भएको छ।

पदमुक्त पराजुलीले राष्ट्रपति भण्डारीलाई शपथ खुवाउनु असंवैधानिक भएको भन्दै आलोचना सुरु भएको छ।

न्याय परिषद् सचिवालयले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त पत्रका आधारमा गत साउन २१ गते नै प्रधानन्यायाधीश पराजुली ६५ वर्ष पुगिसकेको उल्लेख गरेको छ। त्यस हिसाबले उनले साउन २१ देखि गरेका सबै कार्यसम्पादन अवैधानिक ठहर्नेसमेत कानुनका केही जानकारहरुले उल्लेख गरेका छन्।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्