नेपाल फाइनान्स लिमिटेडको विशेष साधारण सभा

काठमाडौं- नेपाल फाइनान्स लिमिटेड (नेफिन्स्को)ले काठमाडौंमा विशेष साधारण सभा सम्पन्‍न गरेको छ।

बुधबार संचालक समिति/व्यवस्थापन समूहको संयोजक झलक शर्मा आचार्यको संयोजकत्वमा विशेष साधारण सभा सम्पन्‍न भएको हो।

उक्त वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले मिति २०७१ मंसिर १७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएकोमा नेपाल राष्ट्र बैंकबाट २०७३ मंसिर २३ गते व्यवस्थापन नियन्त्रणमा लिएको थियो।

विशेष साधारण सभाबाट संस्थापक समूहबाट प्रा. हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, श्री राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागत रत्न कंसाकार संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन्।

विशेष प्रस्ताव अन्तर्गत वित्त कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुजी वृद्धि गर्ने र नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पुरा गरी हाल कायम भएको चुक्ता पुँजीमा एक शेयर बराबर एक दशमलब दुइ पाँच कित्ता दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्