गुण्डानाइके गणेश लामा पेस्तोल र गोलीसहित समातिए

गणेश लामा। फाइल तस्विर

काठमाडौँ- काठमाडौंको गौशालामा रहेको होटल पशुपति भिजनअगाडि गोली चलेपछि प्रहरीले गुण्डानाइके गणेश लामालाई पक्राउ गरेको छ।

गोली चलेपछि घटनास्थल पुगेको प्रहरीले गणेश लामालाई पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको काठमाडौँ परिसर प्रमुख विश्वराज पोखरेलले देशसञ्चारसँग बताए। गोली भने कसैलाई नलागेको प्रहरीले जानकारी दिएको छ।

लामालाई अहिले गौशाला वृत्तमा राखिएको छ।

फाल्गुन ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्