नेपाल भर्सेस पपुवा न्युगिनी

आश र सुनौलो अवसर, एक दिवसीय मान्यता र टेस्टको बाटो बनाउने मौका

काठमाडौं – अन्तिम समयमा आश बाँकी राख्ने र त्यसमा आफ्नो कला देखाउने विगतका केही अनुभवले नेपाली क्रिकेटका समर्थकमा यसपटक पनि केही हुन्छ कि भन्ने आश बाँचेको छ ।

लगातार तीन खेलमा हार अनि समूह चरणको अन्तिम खेलमा हङकङलाई हाएर गुमिकेको आशको डोरीमा पकड जमाएको हो भने आशको बाटो पनि बाँकी रह्यो ।

जिम्बाबेमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सुपर सिक्समा पर्न असफल नेपाली टोलीको विश्वकप सपना टुटेको छ । यस्तै एक दिवसीय मान्यता पाउने अवसर पनि गुमेको जस्तो देखिएको थियो ।

तर विश्वकपको बाटो रोकिए पनि एक दिवसीय मान्यताको बाटो भने अझै खुल्ला छ या त्यो भन्दा पनि बाटो बनाउने अवसर कायम छ ।

विश्वकप यात्रामा बिट लागे पनि एक दिवसीय मान्यताका लागि नेपाली टोलीले आफ्नो निकै महत्वपूर्ण खेलमा बिहीबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ । प्ले–अफ खेल दिउँसो सवा १ बजेपछि हरारेमा सुरु हुनेछ ।

इतिहास बनाउने अवसर

हङकङसँगको खेल जितेर प्ले–अफमा स्थान बनाएको नेपालले बिहीबार पुपुवा न्युगिनीसँगको खेल जितेमा तथा हङकङ र नेदरल्याण्डस बिचको अर्को प्ले–अफमा अनुकुल नतिजा आएमा नेपालको भविष्य उज्यालो हुनेछ ।

चाहिए जस्तो नतिजा आएमा नेपालले आउँदो चार वर्षका लागि एक दिवसीय मान्यता तथा चार दिवसीय प्रतियोगिता आई कप प्रतियोगिता खेल्न पाउने छ । आई कप टेस्ट मान्यता पाउने बाटो बन्न सक्छ ।

१० देश सहभागी विश्वकप छनौट प्रतियोगितामा दुवै समूहको शीर्ष तीनमा पर्न असफल भएका चार टिम बिचको प्ले–अफ खेल बिहीबारदेखि हुन लागेको हो । नेपालले एक दिवसीय मान्यता पाउनका लागि पपुवा न्युगिनीलाई हराउनु पर्छ र नेदरल्याण्डसले हङकङलाई ।

यस्तै त्यसपछि हुने खेल पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । तर पपुवा न्युगिनीलाई हराएर पनि नेरल्याण्डसलाई हङकङले हराएरमा एक दिवसीय मान्यता र आइ कपका लागि अर्को खेलमा नेपालले हङकङमाथि जित निकाल्नु पर्नेछ ।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्