अमेरिकी राजदूतले भेटिन् गृहमन्त्री थापालाई

अमेरिकी राजदूत एलाइना बी टेप्लिट्जले बिहीबार गृहमन्त्री रामबहादुर थापासँग उनकै कार्यकक्ष सिंहदरबारमा भेट गरेकी छन्।

राजदूत टेप्लिट्ज र गृहमन्त्री थापाबीच भएको भेटमा नेपाललाई अध्यागमन लगायत अन्य सुरक्षामामिलामा सहयोग गर्न अमेरिका इच्छुक रहेको राजदूत टेप्लिट्जले जानकारी गराएकी थिइन्।

यस्तै, भुटानी, तिब्बती शरणार्थी र मानव तस्करीबारे समेत गृहमन्त्री र राजदूतबीचको भेटमा छलफल भएको थियो।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्