पपुआन्युगिनीको सात विकेटमा १११ रन, दीपेन्द्रले लिए पछिल्लो विकेट

काठमाडौं- जिम्बावेमा जारी  आईसिसी विश्वकप छनोटअन्तर्गत महत्वपुर्ण खेलमा नेपालले अहिले पपुआन्युगिनीसँग खेल्दै छ।

टस जितेर नेपालले  पहिला फिल्डिङ  गर्ने निर्णय गरेको छ। पपुआन्युगिनीले  २४ ओभरमा ७ विकेट गुमाएर  एक सय ११  रन जोडेको छ। ओपनरद्धय टोनी उरा ११  र आसाद भाला १० रनमा आउट भए।  सेसे बाउले ११ र  सोपरले १० रन बनाए।  माहुरु दाईले पाँच र किप्लिन डोरिगाले १०  रन बनाए। अमिनीले १९ रन बनाए।

सन्दीप लामिछानेले चार तथा  सोमपाल कामी र करन केसीले एक एक विकेट लिए। दीपेन्द्रसिंह एेरीले पछिल्लो विकेट हात पारेका हुन्।

पपुआन्युगिनीले १२ रन जोड्दा सोमपालले भालालाई भालालाई एलबिडब्लू आउट गरेका थिए ।  २९ रन जोड्दा करनले उरालाई क्याच आउट गराए। ५१ रन जोड्दा सन्दीपले सोपरलाई पवेलियन फर्काए।  त्यसपछि सन्दीपले नै  बाउ, डोरिगा र दाईलाई आउट गरेका हुन्। पहिलो ओभरमा पाँच रन दिएका सन्दीपले त्यसपछि लगातार चार ओभरमा विकेट लिएका हुन्।

सातौं स्थानका लागि हुने यस सेमिफाइनल खेलमा नेपालले जित हात पारे एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउन सक्ने छ। तर अर्काे खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराउनु पर्ने छ। यी चारवटै टोली समूहगत चरणबाटै बाहिरिएका हुन्।

नेपाल हङकङ र पपुआन्युगिनीमध्ये एक टोलीले एकदिवशीय मान्यता पाउने छ। नेदरल्यान्ड्सले भने वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेबापत एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाई सकेको छ।

समूहगत चरणमा नेपालले  सुरुका तीन खेलमा हार ब्यहोरेपनि अन्तिम खेलम हङकङलाई हराएर एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना कायम राखेको हो। पपुआन्युगिनीले भने एक खेल पनि जित हात पार्न सकेको थिएन।

अर्को खेलमा हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले  २८ ओभरमा तीन विकेट गुमाएर एक सय १९ रन जोडेको छ।

 

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्