विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा कालो पट्टी बाँधेर खेल्दै नेपाली क्रिकेटर

काठमाडौं- जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटअन्तर्गत अहिले जारी पपुआन्युगिनीविरुद्धको खेलमा नेपाली खेलाडीले कालो पट्टी बाँधेर खेलिरहेका छन्।

अाइतबार त्रिभुवन विमानस्थलमा भएको यूएस बांग्ला विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा नेपाली खेलाडीले कालो पट्टी बाँधेर खेलेका हुन्।

उक्त विमान दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्