नेपालको १० ओभरमा ४३ रन, अब ६७ रन आवश्यक

काठमाडौं- जिम्बावेमा जारी  आईसिसी विश्वकप छनोटअन्तर्गत महत्वपुर्ण खेलमा नेपालले पपुआन्युगिनीबाट एक सय १५ रनको लक्ष्य पाएको छ।

नेपालले १० ओभरमा तीन  विकेट गुमाएर ४८   रन जोडेको छ। टोलीले ९ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल एक रनमा आउट भए। नेपालले १३ रन जोड्दा अनिल शाह ९ रनमा आउट भए। पारसले २० रन जोडे। नेपाललाई ४० ओभरमा ८० रन आवश्यक छ।

यसअघि  टस हारेपछि ब्याटिङको जिम्मा पाएको पपुआन्युगिनीले  २७ ओभर दुई बलमा सबै विकेट गुमाएर ११४ रन जोड्यो। पपुआन्युगिनीलाई सस्तोमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्रले चार चार विकेट हात पारे।

फास्ट बलरद्धय करन केसी र सोमपाल कामीले दुवै ओपनरलाई आउट गरेपछि सन्दीप र दीपेन्द्र हाबी भएका थिए। सन्दीपले पहिलो विकेट लिनुअघि पपुआन्युगिनीले दुई विकेट गुमाएर ५० रन जोडेको थियो। तर पहिलो ओभरमा पाँच रन दिएका सन्दीपले त्यसपछि लगातार चार ओभरमा चार विकेट लिएका थिए।

पपुआन्युगिनीले ७८ रनको स्थीतिमा ६ विकेट गुमाएको थियो। अर्का स्पीनर बसन्त रेग्मीले विकेट लिन नसकेपछि पार्ट टाइम बलर दीपेन्द्रलाई २० ‌औं ओभरमा बलिङमा ल्याईएको थियो।

दीपेन्द्रले पहिलो र दोस्रो ओभरमा विकेट लिन नसकेपनि तेस्रो ओभरमा सफलता हात पार्न सफल भएका थिए। चौथो ओभरमा दुई विकेट लिएका उनले पाँचौं ओभरमा थप विकेट हात पार्दै पपुआन्युगिनीलाई अलआउट गरेका थिए। दीपेन्द्रले ४ ओभर दुई बलमा १४ रन खर्चिए भने सन्दीपले ८ ओभरमा २९ रन दिए।

पपुआन्युगिनीका  टोनी उरा ११  र आसाद भाला १० रनमा आउट भए।  सेसे बाउले ११ र  सोपरले १० रन बनाए।  माहुरु दाईले पाँच र किप्लिन डोरिगाले १०  रन बनाए। अमिनीले १९ रन बनाए। पपुआन्युगिनीले पहिलो विकेटका लागि   १२ रन जोडेको थियो।

सातौं स्थानका लागि हुने यस सेमिफाइनल खेलमा नेपालले जित हात पारे एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउन सक्ने छ। तर अर्काे खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराउनु पर्ने छ। यी चारवटै टोली समूहगत चरणबाटै बाहिरिएका हुन्।

नेपाल हङकङ र पपुआन्युगिनीमध्ये एक टोलीले एकदिवशीय मान्यता पाउने छ। नेदरल्यान्ड्सले भने वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेबापत एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाई सकेको छ।

समूहगत चरणमा नेपालले  सुरुका तीन खेलमा हार ब्यहोरेपनि अन्तिम खेलम हङकङलाई हराएर एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना कायम राखेको हो। पपुआन्युगिनीले भने एक खेल पनि जित हात पार्न सकेको थिएन।

अर्को खेलमा हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले  एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेदरल्यान्ड्सले  ४८ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ७४ रन जोड्यो।

 

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्