खोटाङमा वडाध्यक्षमाथि आक्रमण

खोटाङ-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ ।

गएराति घर फर्कंदै गरेको अवस्थामा उनी आक्रमणमा परेका हुन। आक्रमणपछि भागेका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैन ।

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए। घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्