गाई संरक्षण गर्न दाङको लमहीमा गौयज्ञ सञ्चालन

लमहीमा सञ्चालित यज्ञमा राखीएका गाई। तस्बिर: दशरथ घिमिरे

दाङ– गाईलाई यज्ञस्थलमा ल्याइएको छ। पूजा गर्दै नुन, सातु समेत खुवाउन पाइन्छ। रिहारस्थित बगारबाबा धार्मिक विकास क्षेत्रमा गौशालामा पालिएका ५३ वटा गाईलाइ लमहीमा सञ्चालीत गौयज्ञमा ल्याइएको हो। राष्ट्रिय जनावर गाईको संरक्षण गर्ने उद्देश्य राखेर दाङको लमहीमा गौयज्ञ धार्मिक महोत्सव तथा देवी भागवत ज्ञान महायज्ञको आयोजना गरिएको छ।

लमही नगरपालिका वडा नं. ९ रिहारमा रहेको गौशालालाई ब्यवस्थित गर्दै गाई संरक्षण गर्न आर्थिक स्रोत जुटाउन यज्ञको आयोजना गरिएको हो। ‘गाई राष्ट्रिय जनावर हो। हिन्दू परम्परा अनुसार गाईलाई पुज्ने समेत गरिन्छ तर, पछिल्लो समय यही गाई हेला बनेको छ,’ महायज्ञ मूल आयोजक समितिका संयोजक रतनकुमार केसीले भने, ‘गाई संरक्षण गर्नुपर्छ भन्ने धारणा सबैमा विकास गर्न र गौशालालाई व्यवस्थित गर्न यज्ञ लगाएका हौं।’ रिहारमा गौशाला छ। अहिले ५३ वटा गाई पालिएका छन्।

तर, गौशाला ब्यवस्थित हुन नसक्दा अन्य गाईलाई राख्न सकिएको छैन। कम्तीमा एक हजार गाई पाल्न सक्ने क्षमताको गौशाला निर्माण गर्ने उद्देश्य राखिएको छ। ‘गौशाला निर्माण गरेर गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्न सकिन्छ, यसतर्फ पनि हामीले ध्यान दिएका छौं’, केसीले भने, ‘भारतमा रामदेवले गाईको गहुँत बिक्री गरेर आर्थिक स्रोत जुटाएजस्तै हामीले त्यस्तै गाईको गहुँत औषधीको रुपमा प्रयोग गर्न सक्नेगरी अघि बढ्नुपर्छ र गौशालाको ब्यवस्थापन गर्न सक्छौं।’

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रतनकुमार केसीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भेषबहादुर केसी(रमेश)को प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै केसीले गाई संरक्षणका लागि सहयोग गर्ने, गौशालालाई ब्यवस्थीत गर्ने प्रतिवद्धता ब्यक्त गरे। उद्घाटन कार्यक्रमलाई वडा नं. ८ का वडा अध्यक्ष मेघनारायण चौधरी, नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा, राजनितिक कर्मी विन्तिराम यादव, गढवा ईलाका वन महासंघका अध्यक्ष खिमप्रसाद पुलामी, सूर्यनारायण मन्दिर नारायणपुरका टेकबहादुर खड्का लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरे।

फोटो क्याप्सनः

 

तस्विरः दशरथ घिमिरे ।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्