‘यदि इरानले परमाणु बम बनाए साउदीले पनि बनाउँछ’

काठमाडौं- इरानले परमाणु बम बनाए आफूहरुले पनि बनाउने साउदी अरेबियाले चेतावनी दिएको छ।

साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले अमेरिकी च्‍यानल सीबीएससँगको कुराकानीमा चेतावनी दिएको बीबीसीले उल्‍लेख गरेको छ।

उनले भनेका छन् ‘ मध्‍यपूर्वी क्षेत्रका इरानले परमाणु बम बनाउन बनाउँछ भने हामी पनि त्‍यसको तयारीमा लाग्‍नुपर्छ।’ उनले आफ्नो देशले परमाणु हतियार बनाउन नचाहेको भए पनि इरानले पुन: परमाणु बम बनाए आफूहरुले पनि बमको तयारी थाल्‍ने जिकिर गरेका छन्।

सन् २०१५ मा इरानले परमाणु कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो।तर हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो सम्झौताबाट इरान अलग हुनसक्ने बताएपछि साउदीले पनि यस्तो चेतावनी दिएको हो।

परम्परागत रुपमै विरोधि मुलुक रहेका साउदी र इरानबीच परमाणु बम बनाउने बिषयमा पनि प्रतिष्पर्धा हुने देखिएको छ। दुवै देश इस्लामिक धर्मका अनुयायी भए पनि साउदी अरब सुन्‍नी समुदाय र इरान शिया समुदायबाट प्रभावित मुलुक हुन।

साऊदी अरबका रक्षा मन्त्री समेत रहेका राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी सीबीएस न्यूज़ च्‍यानललाई एक घण्टाको अन्तरवार्ता दिएका थिए।
उक्त अन्तरवार्तामा उनले इरानका प्रमुख नेता अयोतुल्लाह अली ख़मेनईलाई ‘मध्य पूर्व का नया हिटलर’ को संज्ञा दिएका थिए।

साउदी अरेबिया अमेरिकाको प्रमुख सहयोगी राष्ट्र हो।उसले सन् १९८८ मा परमाणु हतियारविरोधी सन्धिमा हस्ताक्षर पनि गरेको छ

चैत २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्