गोदाममा आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट

चितवन- भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा शुक्रबार बिहान आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चन्दना कोइरालाको सो गोदाममा बिहान ९ बजे लागेको आगो दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा ९:४५ बजे नियन्त्रणमा लिइएको थियो।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

गोदाममा पुराना कपडा रहेका थिए। पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो। मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए।

चैत २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्