पत्रकार बास्कोटा बने सञ्चार राज्यमन्त्री

काठमाडौँ- क्याबिनेटमा सहभागी हुने गरी शुक्रबार सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका गोकुल बास्कोटा पत्रकारिताबाट राजनीतिमा लागेका हुन्।

काभ्रेको डेडिथुम्का माविबाट एसएलसी दिएका गोकुलले राजधानीको आरआर कलेजबाट स्नातकसम्मको पढाइ पूरा गरेका छन्। लामो समय पत्रकारिता गरेका बास्कोटा विद्यालयमा पढ्दा २०३७ सालदेखि नै राजनीतिमा लागेका हुन्।

२०७० सालको संविधानसभा चुनावमा उम्मेदवार बने पनि पराजित भएका बास्कोटा गएको प्रतिनिधिसभाको चुनावमा काभ्रे–२ बाट निर्वाचित भएका थिए। एमाले काभ्रे जिल्ला अध्यक्ष भएका बास्कोटाले एमालेको केन्द्रीय स्कुल विभागको सदस्यसमेत भएका छन्।

उनी अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिन्छन्।

चैत २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्