अब हाम्रो नारा भनेकै विकास हो: ओली

सार्क चेम्बर अफ कर्मश एण्ड इन्डष्ट्रीको आयोजनामा शुक्रबारदेखि शुरु छैठौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) व्यापार नेतृत्व सम्मेलनमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: रासस

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्। ओलीले द्वन्द अन्त्य भई शान्ति प्रकियाका केहि कामहरु मात्र बाकीं रहनु र तिन तहको निर्वाचन सम्पन्न भई संक्रमणकालको पनि अन्त्य भएकाले नेपालका लागि आर्थिक विकासमा अगाडि बढ्ने राम्रो अवसर आएको बताए।

उनले भने, ‘अब हाम्रो नारा भनेकै विकास हो।’  नेपाल सुन्दर मात्रै होईन श्रोतमा पनि धनि छ। ओलीले भने, ‘सरकार र निजी क्षेत्रले मिलेर श्रोतको अधिकतम उपयोग गर्नु गर्छ।  ओलीले वर्तमान सरकारले निजिक्षेत्र मैत्री नीति बनाउने प्रतिवद्धता व्यक्त गरे।

सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको छैठों बिजनेस कनकेल्भ उद्घाटन गर्दै ओलीले निजि क्षेत्रलाई लगानी बढाउन आह्वान गर्दै लगानीका साथैं अवसरको रक्षा गर्ने बताए।

ओलीले भने, ‘२ करोड ८० लाख जनसंख्या मध्ये ४० लाख भन्दा बढी युवाहरु देश बाहिर काम गरिरहेको भन्दै युवाहरुलाई अवसर सिर्जना गर्न पनि आर्थिक विकास गर्नु पर्छ।‘

सार्क चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस कनकेल्भ ३ दिन सम्म चल्ने छ।

आयोजकका अनुसार शनिबार र आईतबार बिभिन्न समूहहरुमा प्यानल डीस्कसन हुनेछ।

सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज बैद्यले दक्षिण एसियामा संसारको २६ प्रतिशत युवा र ५६ प्रतिशत काम गर्ने सक्ने जनसंख्या रहेको भन्दै सहकार्य गर्दै सम्बृद्धि हासिल गर्नु पर्ने बताए।

आर्थिक विकासको
प्रम ओलीलाई मायाको चिनो प्रदान गर्दै सार्क चेम्बर अफ कर्मश एण्ड इन्डष्ट्रीका अध्यक्ष सुरज बैद्य तस्बिर/रासस

कुटनीतिक पहल मार्फत भारत र पाकिस्तान बीचको समस्या सामाधान गर्दै एकताबद्ध भई आर्थिक विकासमा जोड दिनु पर्ने बताए।

नेपाल उद्योग बाणिज्य महासंघकि अध्यक्ष भवानी राणाले सार्क राष्ट्रबीच व्यापार वृद्धि गराउन जोड दिनु पर्ने बताईन।

शुक्रबार काठमाडौंमा सुरु भएको बिजनेस कनकेल्भमा पाकिस्तान र भुटानका मन्त्री, बंगलादेशका प्रधानमन्त्रीका सल्लाहकार, यसै गरि अफगानिस्तान, भारत, श्रीलंका, माल्दिभ्सका उच्च पदस्थ सरकारी अधिकारीको सहभागीता रहेको छ।

यसै गरि आठै देशका चेम्बर अफ कमर्सका प्रतिनिधि, उद्यमी, व्यवसायीहरुको कार्यक्रममा सहभागीता रहेको छ।

चैत २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्