विभिन्न चारवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति

पोखरा- प्रदेश नं ४ को शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री एवम् मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले बैठकले प्रदेश योजना तथा नीति आयोग गठन गर्ने विधेयक, वित्तीय समानीकरण विधेयक, नमूना कर कानुन बनाउने विधेयक र सार्वजनिक लिखतको प्रमाणीकरण गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको जानकारी गराए।

बस्नेतले बैठकले तीनवटा विधेयक प्रदेश सभामा टेबुल गर्ने निर्णय गरेको जानकारी दिए।

टेबुल गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधा सम्बन्धी विधेयक, प्रदेश सभा सभामुख, उपसभामुख, मुख्य मन्त्री तथा मन्त्रीको पारिश्रमिक सम्बन्धी विधेयक र मन्त्रीपरिषद्को तीस बुँदे आचार संहिता छन्।

प्रस्तावित सेवा सुविधा सम्बन्धमा बैज्ञानिक रुपमा तय गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

चैत २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्