मदिरामा मोजा, स्याम्पु र प्याड

सल्यान – जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरपालुवा मदिरा जफत गरी नष्ट गरेको छ ।

एक हप्तादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर जिल्ला प्रहरी कार्यालयको परिसरमा शुक्रबार नष्ट गरिएको हो ।

जिल्लामा ९० प्रतिशत हिंसा मदिरा सेवनबाट हुने भएकोले यसलाई रोक्न मदिरा नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर बिकले बताए ।

अवैध रुपमा मदिरा बनाइने कच्चा पदार्थमा मोजा, स्याम्पु र प्याडसमेत प्रयोग गरिएको पाइएकाले सचेत रहन उहाँले आग्रह गरे ।

गरपालिकाभित्र सबैखाले हिंसा रोक्न आफूले प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार काम भइरहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए ।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्