पेन्सनसहित अवकास पाउन २ दिन बाँकी हुँदा बर्खास्त भए

बर्खास्त भएका अमेरिकी संघीय जाँच आयोग (एफबिआई) का अधिकारी एण्ड्रियु म्याककाबे । तस्बिर : एएफपी/गेट्टी इमेज

अमेरिकाका महान्यायाधीवक्ता जेफ सेसन्सले संघीय जाँच आयोग (एफबिआई) का अधिकारी एण्ड्रियु म्याककाबेलाई बर्खास्त गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक रुपमा पक्षपाति भएको आरोप लागाएका म्याककाबेलाई सेसन्सले बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

म्याककाबेले गएको जनवरीमा एफबिआइएको उप निर्देशक पदबाट राजीनामा दिएर बिदामा बसेका थिए । म्याककाबे सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसी दखल तथा हिलारी क्लिन्टनको इमेल सम्बन्धी अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् ।

पेन्सनको अधिकारसहित आफ्नो कामबाट अवकास हुन दुई दिन बाँकी हुँदा सेसन्सले उनलाई बर्खास्त गरेका हुन् । म्याककाबे दुई दिनपछि ५० वर्षका हुँदैछन् ।

आन्तरिक रुपमा भएको अनुसन्धानमा म्याककाबेले अनधिकिरित रुपमा सञ्चारमाध्यमलाई दिएको थाहा भएपछि उनलाई बर्खास्त गरेका हुन् ।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्