ट्रेक्टरले किच्दा दाङमा एकको मृत्यु

दाङ– दाङको देउखुरीमा ट्रेक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका वडा नं. १ पुरानो भालुवाङमा हिजो बेलुका ना ३ त ९८९५ नम्वरको ट्रेक्टरले किच्दा गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी २१ वर्षीय लक्ष्मण कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।
घाइते कुमाललेको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रेक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।