डिबालाले गोल गर्न सकेनन्, युभेन्टस गोलरहित बराबरीमा रोकियो

इटालियन सिरी ए फुटबल लिडर युभेन्टस रेलिगेशन जोनबाट बाहिर आउन संघर्ष गर्दै आएको एसपिएएलसँग गोल रहित बराबरीमा रोकिएको छ । सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्सट अवे मैदानमा गोलरहित बराबरीमा रोकिएको हो ।

एलेक्स सान्ड्रो र पाउलो डिबालाले गोल गर्ने सुन्दर मौका बनाएका थिए । तर सफल भने हुन सकेनन् । यस्तै डिबालाले अर्को पटक पनि गोल गर्ने मौका गुमायो । एसपिएएलले भने एकपटक पनि गोल गर्ने मौका बनाएन ।

गोलरहित बराबरीमा रोकिए पनि युभेन्टसले अग्रता भने बढाएको छ । उसको २९ खेलबाट ७५ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको नापोलीको ७० अंक भएको छ ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्