लुम्बिनी बौद्ध विश्‍वविद्यालयका डिन डा. बज्राचार्यको निधन

काठमाडौँ-लुम्बिनी बौद्ध विश्‍वविद्यालयका डिन डा. भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।

रुपन्देहीको लुम्बिनीमा गए राति १ बजे उहाँको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले जानकारी दिए।उनका श्रीमती तथा दुई छोराछोरी छन्।

त्रिभुवन विश्वविद्यालयमा करीव तीन दशकसम्म इतिहास विषयमा अध्यापन गरी पाँच वर्षदेखि डिनको भूमिका निर्वाह गर्दै आएका थिए। ललितपुर निवासी बज्राचार्यको पार्थिव शरीरलाई अहिले निवासस्थल सानेपा, ठूलोढुङ्गा ल्याइसकिएको छ।

विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जारी गरेको शोक वक्तव्यमा बज्राचार्यको निधनप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले परिपक्क अभिभावक गुमाएको र अपूरणीय क्षति भएको जनाइएको छ। विश्वविद्यालयले आज शोक मनाउन सम्पूर्ण कार्यालयमा बिदा दिएको छ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्