जेठाजुले दिए बुहारीलाई मिर्गौला

सांकेतिक तस्बिर

काँकडभिट्टा-झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ।

भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उनकै जेठाजु सौरभले काठमाडौँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ।

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जाएका थिए।उपचारका क्रममा चिकित्सकले उनका दुवै मिर्गौला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गौला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो।

सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए। मिर्गौलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताए।

उनका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ। झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गौला दान दिइकी थिइन्।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्