आठ वर्षीय बालकको अपहरणपछि हत्या

महेन्द्रनगर- धनुषामा आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या भएको छ।

कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बालकको शव आज बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ।

शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आज बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए। शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्