भूकम्पको बेला कारागारबाट फरार भएका कैदी पक्राउ

काठमाडौं- वैशाख १२ को भूकम्पमा परी कारागार भत्किएर फरार भएका कैदी पक्राउ परेका छन्।

कर्तव्‍य ज्‍यान मुद्दामा २० वर्ष कैद भइ भुक्तानर गरिरहेका सिन्धुपाल्चोक-२ का ६१ वर्षीय मान लामालाई (केन्द्रिय अनुसन्धान ब्यूरो) सीआइबीको टोलीले पक्राउ गरेको हो।

सीआइबीले उनलाई मुलपानीबाट पक्राउ गरी कारागार कार्यालय सिन्धुपाल्चोक पठाएको छ।

भूकम्पको बेला कारागार भत्किएपछि २१२ जना कैदीमध्‍ये लामा भाग्‍न सफल भएका थिए।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्