रहला बार्सिलोना लिगभर अपराजित ?

मेस्सीको टिम फेरि विजयी, उपाधि होडमा सबैभन्दा अघि र बलियो

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा यो सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि २–० को दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन पाको अलकेसर र स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गरे । दुवै गोल पहिलो हाफमा नै भएको हो ।

अपराजित यात्राआठौँ मिनेटमा अलकेसरले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । प्रतिबन्धका कारण खेल्न नपाएका लुइस स्वारेजको ठाउँमा खेलेका अलकेसरले गोल गरेका हुन् ।

अपराजित यात्रा३० औँ मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे । मेस्सीले यो सिजन ला लिगामा २५ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।

अपराजित यात्रायस्तै फिलिप कोन्टिन्होले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो भने पाउलिन्होले पनि गोल गर्ने प्रयास गरेका थिए । जितपछि शीर्ष स्थानको बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ अंकले अघि रहेको छ ।

अपराजित यात्राआइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड भिल्लारियलसँग २–१ ले पराजित भयो । शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ७५ अंक भएको छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४ अंक छ ।

अपराजित यात्रायो सिजन ला लिगामा अपराजित रहेको बार्सिलोना उपाधि होडमा सबैभन्दा अघि र बलियो बनेको छ । यस्तै उसले ला लिगा सिजनका सबै खेलमा अपराजित रहने कीर्तिमान बनाउने पनि सम्भावना छ ।

अपराजित यात्राअब लिगमा ९ खेल मात्रै बाँकी रहेको छ । अहिलेसम्म कुनै पनि टिम लिगका सबै ३८ खेलमा अपराजित रहेका छैनन् । तर बार्सिलोनाले त्यो कीर्तिमान बनाउने सम्भावना छ ।

आइतबार राति नै भएका अरु खेलमा लेगानेसले सेभिल्लालाई २–१ हरायो भने सेल्टा डी भिगो र मालागाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्