प्रदेश नं. ५ : नेपाली कांग्रेस संसदीय दलको नेता चुन्न आज मतदान हुने

दाङ – प्रदेश नम्बर ५ मा नेपाली कांग्रेसले संसदीय दलको नेता सोमबार चुन्दै छ । दिउँसो दलको नेता चुन्न मतदान हुने भएको हो ।

निर्वाचन प्रक्रिया सुरु भएपछि पनि पटक पटक स्थगित हुँदै आएको संसदीय दलको नेता चयनका लागि सोमबार मतदान नै हुने भएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिबक्ता डा. बुद्धबहादुर थापाका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश नम्बर ५ मा संसदीय दलको नेता बन्न रुपन्देहीका बलदेव शर्मा र फकरुद्धिन खाँ, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, पाल्पाका वीरबहादुर राना तथा दाङका डिल्ली चौधरीले फागुन ६ गते नै मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएका कोही पनि पछाडि हट्न नमानेपछि पटक पटक निर्वाचन स्थगित गरिँदै आएको थियो । सबै उम्मेदवारले मतदानमा जान आग्रह गरेकाले मतदान प्रक्रिया नरोकिने थापाले बताए ।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्