एड्भेन्चर टुरिजम प्रवर्द्धन गर्न एक्स्पो आयोजना हुँदै

काठमाडौं- एड्भेन्चर टुरिजमलाई प्रमोट गर्न ‘ग्लोबल एड्भेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ आयोजना हुने भएको छ। नेपाल पर्यटन वोर्ड र हाउस अफ राजकर्णिकारको सयुक्त आयोजनामा आगामी शुक्रबार देखि एक्स्पो सँगै कन्फरेन्स आयोजना हुन् लागेको हो। काठमाडौंमा आयोजना हुने कार्यक्रम ३ दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ।

संसारमा ‘एड्भेन्चर टुरिजम’ प्रति पर्यटकको आकर्षण बढ्दो क्रममा रहेकाले नेपालका भएका एड्भेन्चर सम्भावनाहरुको प्रचारप्रसार गर्न पनि एक्स्पो आयोजना गरिएको नेपाल पर्यटन वोर्डले जनाएको छ। वोर्डकि सिनियर डाइरेक्टर नन्दनी थापाले ‘जल, जमिन र आकाश’ मा गर्न सकिने कयौं एड्भेन्चर गतिविधि प्रवर्द्धन गर्न एक्स्पोले सहयोग गर्ने बिश्वास व्यक्त गरिन।

सम्मेलनमा पर्यटन क्षेत्र सँग सम्बन्धित ६० भन्दा बढी विज्ञ वक्ताका साथैं २ सय ५०जना सहभागी हुनेछन्।  तिन दिन सम्म याक एण्ड यति होटलमा चल्ने प्रदर्शनी ३ हजार भन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ।

कार्यक्रमका सह-आयोजक हाउस अफ राजकर्णिकारका प्रमुख बिरेन्द्र राजकर्णिकारले प्रदर्शनीमा एड्भेन्चर टुरिजम सँग सम्बन्धित बिभिन्न उपकरणहरु प्रदर्शन गरिने छ।

राजकर्णिकारले भने, साहसिक पर्यटन भूकम्पको समयमा पनि हुन्छ, बाढी जाँदा पनि हुन् सक्छ, संसारमा साहसिक गतिविधि मन पराउने मानिसहरु बढिरहेका छन्। नेपालमा माउन्ट एभरेष्टमात्र नभएर एड्भेन्चरका कयौं स्रोत छन् भन्ने सन्देश एक्स्पोले विश्वलाई सन्देश दिने राजकर्णिकार दाबी गरे।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्