मोबाइल देखि रेफ्रीजेनेटर बनाउने बंगलादेशी ब्राण्ड ‘वालटन’

काठमाडौं- बंगलादेशी इलेक्ट्रोनिक ब्राण्ड ‘वालटन’ आक्रामक तवरले नेपालमा बजार बिस्तार गरिरहेको छ।

वालटनले रेफ्रीजेनेटर, टेलिभिजन, कम्प्रेसर, होम एप्लाइन्स, इलेक्ट्रोनिक एप्लाइन्स लगायतका सामाग्रीहरु नेपाली बजारमा बिक्री गर्दै आएको छ।

यस्तै कम्पनीले गत महिना भएको बंगलादेशी एक्स्पोमा मोबाइल, कम्प्युटर, एयर कन्डिसनर लगायत इलेक्ट्रोनिक सामानहरु पनि नेपालमा भित्र्याएको हो।

बंगलादेशी कम्पनी वालटन सन् २००० बाट इलेक्ट्रोनिक समानको उत्पादन सुरु गरे पनि नेपालमा सन् २०१३ बाट आधिकारिक रुपमा बिक्रि सुरु गरेको थियो।

रिडा इन्कर्पोरेटले ५ वर्ष देखी वालटनका उत्पादनहरु नेपाली बजारमा  बिक्रि बितरण गर्दै आइरहेको छ।

रेफ्रीजेनेटरमा नेपाली उपभोक्ताको राम्रो रेस्पोन्स मिलेको रिडा इन्कर्पोरेटकि सीइओ नौसाबा नुर बताउँछिन्। उनले भनिन्, ‘ सिंगल डोर रेफ्रिजेनेटरको माग बढेको छ।’पाँच वर्षकै अवधिमा स्थापित ब्राण्डहरुलाई कडा चुनौती दिएको उनि दाबी गर्छिन्।

वालटनको रेफ्रिजेनेटरमा प्रयोग भएको कम्प्रेसर र कपर कन्डेन्सरले रेफ्रिजेनेटरको इफिसेन्सी बढाएको नुर बताउँछिन्।

सुरु सुरुमा ‘वालटन’ भन्दा ब्राण्डेड कम्पनी हो र भन्ने प्रश्न आउथ्यो नुरले भनिन्, ब्राण्ड चिनाउन धेरै समय खर्च गर्यौं, अहिले भने ग्राहकहरु नै वालटन खोज्दै आउन थालेका छन्।

क्वालिटीमा कुनै पनि कम्पनी भन्दा कम नभएको दाबी गर्दै नुर भन्छिन् हाम्रो प्रोडक्ट अरुको भन्दा सस्तो छ।

काठमाडौं उपत्यका भन्दा पनि उपत्यका बाहिर राम्रो बजार भएको बताउँदै नुरले काठमाडौं उपत्यका पनि बजार बिस्तार गर्ने सोच बनाएको बताइन।

स्मार्ट टिभीमा पनि राम्रो प्रतिक्रिया पाएका भन्दै नुरले मोबाइल र ल्यापटपले पनि राम्रो बजार लिने विश्वास व्यक्त गरिन।

उनले भनिन्, कम्पनीले ५ वर्षमा बार्षिक २५ प्रतिशत भन्दा माथिको ग्रोथ गरेको छ। नुरले नेपालका बिभिन्न ठाउँहरुमा १०० डिलर भएको बताउँदै भनिन् आगामी दिन आक्रामक तवरले मार्केट बिस्तार गर्ने सोच बनाएका छौं।

नुर भन्छिन्, प्रोडक्ट क्वालिटी वर्ल्ड क्लास भएकाले लक्ष्य गरे अनुरुपको ग्रोथ हुन्छ भन्नेमा आशावादी रहेका छौँ।

वालटनले हाल २६ देशमा आफ्ना उत्पादनहरु बिक्रि वितरण गर्दै आइरहेको छ। बंगलादेशमै पनि वालटनलाई छिटो ग्रो भएको कम्पनी भन्ने गरिन्छ।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्