प्रदेश ५: काङ्ग्रेस संसदीय दलकाे नेतामा पाेखरेल निर्विरोध

वलदेव पोखरेल। तस्बिर: देशसञ्चार

दाङ- नेपाली कांग्रेस प्रदेश ५ काे संसदीय दलको नेतामा बलदेव शर्मा पाेखरेल निर्विरोध चयन भएका छन्। प्रदेश सांसद तथा जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेल र अन्य चारजनाले फागुन ६ गते संसदीय दलको नेता बन्न उम्मेदबारी दिएका थिए।

सोमबार दिउँसो २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका बलदेश शर्मा पाेखरेलकाे नाममा सहमति जुटेपछि पोखरेल संसदीय दलको नेता बनेका हुन्। नेता बन्न यसअघि पोखरेलसँगै पाल्पा कांग्रेसका सभापति समेत रहेका बीरबहादुर राना, कपिलबस्तुका नेता बीरेन्द्र कनोडिया, रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्बाचित युवा नेता फकरुद्धिन खाँ र दाङका नेता डिल्ली चौधरीले उम्मेद्वारी दर्ता गराएका थिए।

नेता चयनपछि अब सरकारले गर्ने कामको गुण र दोषका आधारमा समर्थन कि बिरोध गर्ने भन्ने तय हुने पोखरेलले बताए। सर्वसम्मत रुपमा संसदीय दलको नेता छानिएको कांग्रेसले जनाएको छ।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्