नेपाली टिमका प्रशिक्षक टमटाले भने, ‘अब चुनौती बढ्यो’

काठमाडौँ- नेपाली राष्ट्रिय त्रिकेट टिमका प्रशिक्षक जगत टमटाले ४ वर्षपछि एक दिवसीय मान्यता जोगाउनुपर्ने चुनौती भएको बताएका छन्।

टमटाले भने, ‘अहिले वान डे स्टेट्स त पायौं; विगतमा पाएको टि -२० स्टेट्सबाट खासै फाइदा लिन सकेनौँ, अब एक दिवसीय मान्यताबाट अधिकतम फाइदा लिँदै नेपाली क्रिकेटलाई अगाडि बढाउने अवसर आएको छ।’

खेलाडीको अथक मेहनतबाट नेपालले एक दिवसीय मान्यता पाएको भन्दै घरेलु संरचनामा सुधार गरी क्रिकेटको विकास गर्नु पर्ने बताए।

विमानस्थल सञ्चारकर्मीसँग टमाटाले भने, ‘छिट्टै क्रिकेट बोर्ड वा संघको निर्माण गरी क्रिकेटको व्यवस्थापनमा सुधार गर्नुपर्छ।’

टमटाले भने, ‘जिम्बाबे उड्नुअघि टोलीको मुख्य उदेश्य एक दिवसीय मान्यता पाउने भएको भन्दै हङकङसँगको अन्तिम खेल अगाडिसम्म एक दिवसीय मान्यता मिल्छ भन्नेमा आशा रहेको थियो।’

‘सोहीअनुरुप नजिता आउँदा अहिले समग्र देश खुसी छ,’ उनले भने।

अबको चुनौती अहिलेको लयलाई कायम गर्नु भएकाले पनि क्रिकेटमा लगानी बढाउनु पर्ने टमटाको भनाइ छ।

चैत्र ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू