अब उपलब्धिलाई संस्थागत गरौं- पारस

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटमा पाएको उपलब्धिलाई संस्थागत गर्नु पर्ने बताएका छन्।

खड्काले बिमानस्थलमा सञ्चारकर्मी सँग भने एक दिवसीय मान्यता संस्थागत गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। एक दिवसीय मान्यता पाउन सफल भएकोमा अत्यन्त खुसी भएको उनले लामो समय देखिको मेहनत सफल भएको बताए।

उनले अबको चार वर्ष राम्रो क्रिकेट खेल्ने लक्ष्य भएको बताउँदै आगामी दिनमा टेष्ट मान्यता पाउनु र एक दिवसीय विश्वकप खेल्ने लक्ष्य भएको बताए।

खड्काले क्रिकेटको विकासका लागि बोर्ड गठन गर्नु पर्ने भन्दै क्यानको विवाद छिटो भन्दा छिटो समाधान गरेर घरेलु क्रिकेटको संरचना विकासमा ध्यान दिनु पर्ने बताए।

खेलाडीले आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै सरकार, क्रिकेट सँग लगायतले क्रिकेटको आगामी दिशा तय गर्न काम गर्नु पर्ने बताए।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्