अब खेलाडीले खेलमै भविष्य देख्ने छन् : मन्त्री विश्वकर्मा

युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा । तस्बिर : जमुना वर्षा शर्मा/देश सञ्चार

पोखरा – युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अब नेपाली खेलाडीले खेलबाटै आफ्नो सुरक्षित भविष्य देख्ने बताएका छन् ।

चार दिन अघि मात्रै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले खेदकुद पत्रकार मञ्च कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले अब खेलबाट खेलाडी निराश हुने अवस्थाको अन्त्य गरिने बताए । उनले भने ‘राष्ट्रका गहनाका रुपमा रहेका खेलाडिको जीविकोपार्जनमा देखिएका समस्यालाई समाधान गरी खेलाडिको सुरक्षित भविष्यको बारेमा ध्यान दिन्छौँ ।’

मन्त्री विश्वकर्माले भर्खर मात्रै नेपाली क्रिकेट टोलिले हासिल गरेको उपब्धीलाई संस्थागत गर्न आफूले दीर्घकालीन योजनाका साथ खेल क्षेत्रको विकासमा जोड दिने बताए । उनले भने ‘व्यवस्थित क्रिकेट मैदानको आवश्यकतालाई विशेष ध्यान दिनेछौँ ।’

पोखरामा हुन गईरहेको तेह्रौँ दक्षिण सार्क स्तरीय खेलकुद प्रतियोगीता र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गरीने बताए । ‘देशकै प्रतिष्ठासँग जोडिएका खेलकुदलाई खेलकुदमैत्री वातारवरण्मा भव्य रुपमा सम्पन्न गर्ने दायित्व हाम्रो छ’ उनले भने ‘सोही अनुरुपमा काम अगाडि बढाइने छ ।’

खेलको सर्वाङ्गिण विकासका लागि खेलसँग जोडिएका संघीय ऐन कानुनको तर्जुमा गर्नु पर्ने चुनौती रहेको भन्दै, स्पष्ट नीति र योजनासहित खेलकुदबाट राष्ट्र निर्माणको महाअभियानमा लाग्ने बताए ।

उनले सातवटै प्रदेशमै अन्तर्राष्ट्रिय स्तरको आधुनिक स्टेडियम तयार गर्ने लक्ष्य लिएको र पोखरामा अन्तर्राष्ट्रिय स्तरको आधुनिक स्टेडियम छ्टिटै तयार गर्ने बताए ।

चैत्र ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू