एपेक्स बै‌ंक घोटालामा थप तीन जना पक्राउ

काठमाडौं: एपेक्स बैंकको आर्थिक घोटलामा थप तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार  प्रमोद भट्टराई, कृवेन्द्र श्रेष्ठ,र सजल बज्राचार्यलाई पक्राउ गरेको हो।

एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा यसअघि सन्चालक समितीका तत्कालिन अध्यक्षसहित  १३ जना पक्राउ परिसकेका छन्।

शनिवार मात्र प्रहरीले काठमाडौंको बानेश्वरबाट तत्कालीन बैंकका संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरुमा एपेक्स बैंकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेको छन्।

उनीहरु पछिल्लो समय एनसिसी बै‌ंकमा अाबद्ध थिए। एपेक्स बै‌ंक एनसिसीमा मर्ज हुने सहमती भएपछि सन्चालक समितीका पदाधिकारीसहित बैंकका कर्मचारीले कमसल धितोमा ऋण उपलब्ध गराएकाे आरोप छ।

चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्