विमानस्थल अध्यागमनमा गृहमन्त्रको छडके, सोधे,’ चारजना मात्रै,अन्य कर्मचारी खै?’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’। तस्बिर-रासस

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेको अध्यागमनको आज छड्के निरीक्षण गरेका छन्।
सो क्रममा अध्यामगनको यात्रुहरु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए।

सो डेक्समा आवश्यकता अनुसार १५ जनासम्म कर्मचारी खटिने गरेपनि कम्तिमा १० जना कर्मचारी दिउँसोको समयमा खटिनुपर्ने प्रवाधान रहेको छ। निरीक्षणको क्रममा चार जनामात्रै भेटिएपछि गृहमन्त्री बादलले भने, ‘चार जना मात्रै कर्मचारी। अन्य कर्मचारी खै ?’ उपस्थित कर्मचारीले प्रश्‍नको जवाफ दिँदै भने, ‘स्थित कर्मचारीले तीन जना कर्मचारी खाजा खान गएको छ मन्त्रीज्‍यू।’

सो लगत्तै गृहमन्त्रीले अनुपस्थित कर्मचारीहरुको विवरण लिएका थिए। अनुपस्थित कर्मचारीहरुलाई तत्कालै कारवाही प्रक्रिया अगाडी बढाईने गृहमन्त्रीले बताएका छन्। यस्तै गृहमन्त्री बादलले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सिसि टिभी क्यामेरा अनुगम डेस्क लगायतका विषयमा समेत जानकारी लिएका थिए।

गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशिल हुन र सुरक्षा व्यवस्था कडा पार्न विमानस्थलका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए।छड्केपछि सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री बादलले विमानस्थल र अध्यागमन सुधारलाई आफुले प्राथमिकतामा राखेको बताए।

उनले यसभित्रका गलत प्रवत्तिबारे आफु जानकार रहेको भन्दै त्यस्ता प्रवृत्तीहरु अब कारवाहीको दायरमा आउने स्पष्ट पारे।यहाँबाट मानतस्करी देखि अवैध वस्तुको तस्करीसम्म हुने गरेको भन्दै त्यो सञ्जाललाई आफूले ताड्ने गृहमन्त्रीको भनाई छ।

चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्